चेल्सीको अग्रता कायमै, म्यानचेष्टर सिटी पछ्याउँदै

342
  •  
  •  
  •  

english-premier-leaugeकाठमाडौ, १८ मंसिर(एजेन्सी) : जारी प्रिमियर लिग प्रतियोगितामा चेल्सीले आफ्नो अग्रतालाई कायमै राखेको छ । गयराती भएको खेलमा टोटेनह्यामलाई पराजित गर्दै आफ्नो शीर्ष स्थानलाई थप बलियो बनाएको छ ।

यस्तै, गयराती सम्पन्न खेलमा आर्सनल, म्यानचेष्टर सिटीले जित हासिल गरेका छन् भने एभर्टन र हल सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीले टोटेनह्यामलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । चेल्सीलाई सहज जित दिलाउन इडन हेजार्ड, ड्रिडियर ड्रोग्वा र लोइक रेमीले गोल गरेका थिए । यस्तै, आर्सनलले साउथएम्टनलाई १-० ले पराजित गरेको छ । आर्सनलका लागि एलेक्सिस स्यान्चेजले गोल गरेका थिए । म्यानचेष्टर सिटीले पनि सण्डरल्याण्डलाई ४-१ ले पराजित गरेको छ । म्यानचेष्टर सिटीलाई जित दिलाउनका लागि सर्जोयो अगुरोले २ गोल, स्टेभन जोभेटिक, पाब्लो जाबिलेटाले समान १-१ गोल गरेका थिए । यस्तै, एभरटन र हल सिटीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

जितसँगै चेल्सीको ३६ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ भने म्यानचेष्टर सिटी ३० अंकका साथ दोस्रो स्थानमा रहेको छ भने साउथएम्टन २६ अंकका साथ तेस्रो स्थानमा छ ।


  •  
  •  
  •