प्रिमियर लिगमा चेल्सीको चौथो पराजय, १६ औ स्थानमा

330
  •  
  •  
  •  

chelsea-logoकाठमाडौ, १७ असोज(ओएनएस) : ईङ्ग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा गयराती सम्पन्न खेलमा डिफेण्डिङ च्याम्पियन चेल्सीले पराजय बेहोरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीलाई साउथ ह्याम्पटनले ३-१ गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीले १० औ मिनेटमा विलियनको गोलबाट अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भयो । १० औ मिनेटमा अग्रता लिएको चेल्सीले ४४ औ  मिनेटमा गोल खाएपछि खेल बराबरीमा आइपुग्यो । साउथ ह्याम्पटनका स्टिभन डेभिसले बराबरी गोल फर्काएका थिए ।

यसपछि भएको दोस्रो हाफमा चेल्सीले खेलमा आफ्नो नियन्त्रण कायम राख्न सकेन र खेलको ६० औ र ७२ औ मिनेटमा गोल खाँदै खेललाई ३-१ गोलअन्तरले साउथ ह्याम्पटनलाइ सुम्पियो ।

चेल्सीको यो सिजनमा चौथो परजय हो भने ८ खेल खेलेको चेल्सीले मात्र ८ अंक जोडको छ र अंकतालिकाको १६ औ स्थानमा रहेको छ ।


  •  
  •  
  •