प्रिमियर लिगमा चेल्सीको दवदबा कायमै, युनाइटेड उकालो लाग्दै

579
  •  
  •  
  •  

chelsea-logoकाठमाडौ, ७ मंसिर(ओएनएस) : प्रिमियर लिगको जारी प्रतियोगितामा चेल्सीको अग्रता कायमै छ । सुरूवातदेखी नै शीर्ष स्थानमा रहेको चेल्सीले आफ्नो अग्रतालाई पछिल्ला खेलहरूमार्फत कायमै राखेको छ । गयराति सम्पन्न खेलमा वेस्ट ब्रोमविच अल्बियनलाई पराजित गर्दै आफ्नो दबदबा कायमै राखेको छ । चेल्सीले वेस्ट ब्रोमवीचलाई २-० गोलअन्तरले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा आफूले थप मजबुत बनाएको छ ।

चेल्सीले १२ खेलमा १० खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ३२ अंक बटुलेर शीर्ष स्थानमा कायम रहेको छ । साउथम्टन ११ खेलबाट मात्र २५ अंक जोड्दै दोस्रो स्थानमा छ भने म्यानचेष्टर सिटी १२ खेलबाट २४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

यस्तै, म्यानचेष्टर युनाइटेड पनि आफ्नो गतिलाई तिव्र बनाउँदै उकालो लाग्दै छ । केही खेलअघिसम्म दशौ स्थानभन्दा तल रहेको युनाईटेड अहिले चौथो स्थानमा आइपुगेको छ ।

यस्तै, गयराती भएका अन्य खेलमा एभर्टन, म्यानचेष्टर सिटी, न्युकासल युनाइटेड, बर्नली, म्यानचेष्टर युनाइटेड विजयी भएका छन् । एभर्टनले वेस्ट ह्याम युनाइटेडलाई २-१ ले, म्यानचेष्टर सिटीले स्वान्सी सिटीलाई २-१ ले, न्युकासल युनाइटेडले क्विनस् पार्क रेन्जरलाई १-० ले, बर्नलीले स्टोक सिटीलाई २-१ ले र म्यानचेष्टर युनाइटेडले आर्सनललाई २-१ ले पराजित गरेका थिए भने लेस्टर सिटी र सण्डरल्याण्डबीचको खेल बराबरीमा रोकिएको थियो ।

यसैगरी, गयराती ला लिगामा एथलेटिको म्याड्रिड, रियल म्याड्रिड, बार्सिलोनाले जित हासिल गरेका छन् । एथलेटिको म्याडरिडले मलागालाई ३-१ ले, रियल म्याड्रिडले इबारलाई ४-० ले र बार्सिलोनाले सेभिल्लालाई ५-१ ले पराजित गरेका थिए ।


  •  
  •  
  •  

Comments are closed.