आमा बन्न बिल क्लिन्टनकी छोरीले छाडिन् ५.७६ करोडको जागिर

91
  •  
  •  
  •  

chelsea clintonकाठमाडौ, ३१ भदौ(एजेन्सी) : अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सिया क्लिन्टन आमा बन्दै छिन् । यसका लागि चेल्सियाले आफ्नो निकै राम्रो जागिर समेत छाडेकी छिन् । उनले एनबिसी न्युज च्यानलको विषेश सम्वाददाताको पदबाट राजिनामा दिएकी छिन् ।

एक अनुमान अनुसार चेल्सियाले एनबिसीले वर्षेनी दिने करिब ६ लाख डलर अर्थात् ५. ७६ करोड रूपैयाँको जागिर छाडेकी हुन् । यस हिसाबले एयरटाइममा प्रति मिनेट उनलाई २७ हजार डलर पाउथिन् । यो एनबिसीका अन्य सम्वाददाता भन्दा निकै धेरै हो ।

३४ वर्षीया चेल्सियाले फेसबुकमा एक सन्देश लेख्दै भनेकी छिन्, ‘अब उनको र उनका पति मार्क मेजविन्सीको पुरै ध्यान क्लिन्टन फाउन्डेसन र आफ्नो बच्चामा केन्द्रित हुनेछ ।’ यसका लागि उनले एनबिसी न्युज छाड्ने निर्णय गरेकी हुन् । चेल्सियाले नोभेम्बर २०११ देखी एनबिसीमा जागिर खान थालेकी थिइन् ।

उक्त च्यानलका उपाध्यक्ष एलेक्स वालेसले चेल्सियाले तीन वर्षमा गरेको कामको सम्मान गरेका छन् । चेल्सियाले अमेरिकी समाजका सम्माननीय मनिसको प्रेरणादायक तथ्यहरूलाई जनतामाझ पुर्याउने गर्थिन् । हामी भविष्यमा पनि उनीसँग काम गर्न चाहन्छौ ।


  •  
  •  
  •