राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै

295
  •  
  •  
  •  

काठमाडौं, २९ पुस(ओएनएस) : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदैछ ।

डाक्टर गोविन्द केसीको विरोधकाबीच गएको बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुन लागेको हो ।

दिउँसो १२ बजे बस्ने बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सहमति विपरितका प्रावधान राखेर चिकित्सा शिक्षा विधेयक तयार पारिएको भन्दै डाक्टर गोविन्द केसी गत बुधबारदेखि इलाममा १६ औं अनसन बसिरहेका छन् ।

मुटुसम्बन्धी समस्याका कारण नियमित औषधि खानुपर्ने भए पनि खाना नै नखाँदा उनी शिथिल हुँदै गएका छन् ।

डाक्टर केसीको शरिरमा ग्लुकोजको मात्रा पनि घट्दै गएकाले उनलाई शौचालय जान पनि समस्या हुन थालेको डाक्टरहरुले बताएका छन् । यसैबीच चिकित्सक संघले डाक्टर केसीसँग भएका सहमति कार्यान्वयन गरेर उनको जीवनरक्षा गर्न माग गरेको छ ।


  •  
  •  
  •