आजपनि आकस्मिक बाहेकका सेवा ठप्प

262
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : आन्दोलनरत सरकारी चिकित्सकका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा आजपनि आकस्मिक बाहेकका सेवा ठप्प छन् ।

समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्र्तगत राख्नुपर्ने माग गर्दे सरकारी चिकित्सकले सेवा अबरुद्ध गर्दै आएका छन् । सरकारले माग पूरा नगरे निजी अस्पताल तथा क्लिनिकमा समेत सेवा बहिस्कार गर्ने चेतावनी चिकित्सकले दिएका छन् ।

सेवा अबरुद्ध गर्दा पनि सरकारले माग सम्बोधन नगरेपछि चिकित्सकहरुले सामूहिक राजीनामा दिने तयारी थालेका छन् ।
स्वास्थ्य मन्त्रालयले भने सोमबार विज्ञप्ति जारी गरि आन्दोलनरत चिकित्सकलाई काममा फर्कन आव्हान गरेको छ । चिकित्सकका माग वार्तामार्फत सम्वोधन गर्ने की कारवाही गर्ने भन्नेमा मन्त्रालय अन्यौलमा देखिएको छ ।

पाँच दिनसम्म उपचार सेवा ठप्प हुँदा सयौँ विरामी प्रभावित भएका छन् । देशभरका सरकारी अस्पतालबाट दैनिक १ लाख सर्वसाधारणले स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् ।

यस्तै राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन आग्रह गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी चिकित्सक संघ (गोदान) नेपालको आव्हनमा ५ दिन देखि देशभरका सरकारी अस्पतालहरुमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा बन्द गरिंदा आम नागरिकको स्वास्थ्यको अधिकार हनन् हुन गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’


  •  
  •  
  •