अमेरिकाकाे अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तानका प्रधानमन्त्रीको सुरक्षा जाँचका लागि कपडा खोल्न लगाइयो

300
  •  
  •  
  •  

१४ चैत्र : अमेरिका भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई दुव्र्यवहार गरिएको छ। अमेरिकाको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रधानमन्त्री अब्बासीलाई आफ्नो कपडा उतार्न लगाइएको थियो।

सो क्रममा खिचिएको भिडियो अहिले सामाजिक सञ्जालभर भाइरल भइरहेको छ। उता पाकिस्तानी सञ्चार माध्यमहरुले भने प्रधानमन्त्री अब्बासीलाई सामान्य यात्रु सरह नियमित आवागमन कक्ष हुँदै सुरक्षा जाँचका लागि लगिएको प्रति चर्को आलोचना गरेका छन्।

भिडियोमा सामान्य यात्रु सरह अब्बासीले आफ्नो कपडा खोलेपछि लिफ्ट चढिरहेको देख्न सकिन्छ। कुनै देशको प्रधानमन्त्रीले यस्तो अवस्थाबाट गुज्रनु परेको यो पहिलो घटना भएको बताइएको छ।

पाकिस्तानी सञ्चार माध्यमले सो भिडियोलाई प्राथिमिकताको साथ प्रशारण गरिरहेका छन्।

अमेरिका भ्रमणका दौरानमा प्रधानमन्त्री अब्बासीले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग भेटवार्ता गरेका थिए। पाक मिडियाले अब्बासीको अमेरिका यात्रा व्यक्तिगत भ्रमण भए पनि सुरक्षा जाँचका नाममा यस्तो कार्य हुनुलाई देशकै ‘बेइज्जती’को रुपमा वर्णन गरेका छन्।

प्रधानमन्त्री अब्बासी आफ्नी बिरामी बहिनी भेट्नका लागि गत हप्ता अमेरिका गएका थिए। एजेन्सी


  •  
  •  
  •