प्रधानसेनापति र बेलायती सेनाका कमाण्डरबीच शिष्टाचार भेट

260
  •  
  •  
  •  

काठमाडौँ, १५ पुस(ओएनएस) : प्रधानसेनापति राजेन्द्र क्षेत्री र बेलायती सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल जेम्स बसालबीच आज जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

शिष्टाचार भेटघाटका क्रममा प्रधानसेनापति क्षेत्री र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल बसालबीच द्वीपक्षीय आपसी हित तथा पारस्परिक सहयोगका सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


  •  
  •  
  •