खेल मैदानमा नै यसरी जोडियो चीयर्सलिडरको सम्बन्ध

81
  •  
  •  
  •  

cheerleader-get-life-partner-at-stediumकाठमाडौ, ३० असोज(एजेन्सी) : खेलका क्रममा दर्शकलाई मनोरञ्जन दिने चीयर्सलिडरमाथी सबैको नजर रहेको हुन्छ । कयौ प्रशंसकहरू खेलभन्दा चीयर्सलिडरलाई हेर्नका लागि आउने गर्छन्, तर विरलै मानिसको ध्यान आफ्नो नीजी जीवनतर्फ मोडिन्छ । अमेरिकाको चर्चित खेल नेशनल फुटबल लिगको एक प्रतिष्पर्धामा चीयरलिडरको प्रेम कहानीले चर्चा पाए‍को छ ।

एरिजोनाको युनिभरसिटी अफ फिनिक्स स्टेडियममा कार्डिनल्स र वासिङटन रेडस्किन्सको बीचमा खेल भइरहेको थियो । खेलको पहिलो हाफ सकिएको थियो र सबै खेलाडी आफ्नो रणनीतिबारे छलफल गर्नका लागि ड्रेसिङ रूममा गइसकेका थिए । सधै जसो चीयर्सलिडरको ग्रुप स्टेडीयममा रहेका दर्शकलाई मनोरञ्जन दिनका लागि तयार थिए । चीयर्सलिडरले मनोरञ्जन गराइरहँदा चियर्सगर्ल क्लेयर थार्टनका ब्यायफ्रेण्स मिलिट्री ड्रेसमा आए । क्लेयर आफ्नो ब्यायफ्रेण्ड एरिक स्टबलाई देखेर निकै खुसी र चकित भइन् ।

एरिकले खल्तिबाट औठी निकालेर एक घुँडा टेकेर बस्दै क्लेयरसँग सोधे, ‘के तिमी मसँग विवाह गर्छौ ?’

अचानक आएको विवाहको प्रस्तावकारण क्लेयर लजाईन् । उनले लजाउँदै एरिकको प्रश्नको जवाफमा हुन्छ भनिन् । दुवैले एक अर्कालाई अंगालो मारे र त्यहाँ बसेका सबै दर्शकले नयाँ जोडीका लागि ताली बजाए ।

चीयर्सलिडर क्लेयरका ब्यायफ्रेण्ड एरिक अमेरिकी एयर फोर्सका क्याप्टेन हुन् । उनको केही समय पहिले मिडल इस्टमा सरूवा भएको थियो । ड्युटीबाट छुट्टी पाइएपछि घर फर्केका स्टबले क्लेयरलाई स्टेडियममा नै प्रपोज गर्नका लागि खास तयारी गरेका थिए र उनी एयरफोर्सको ड्रेसमा नै स्टेडियम आएका थिए ।


  •  
  •  
  •