सभासदलाई कडा चेकजाँच (फोटोफिचर)

54
  •  
  •  
  •  

काठमाडौ, ८ माघ (ओएनएस) : बिहिबार संविधानसभा हलभित्र १० पोखा खुर्सानीको धुलो भेटिएपछि सभासदहरुलाई भवनभित्र छिर्न कडाइ गरिएको छ ।  सभासद्हरुले लाइनमा बसेर चेकिङ गराइएका थिए । सभासदहरुलाई गाडिबाट ओरालेर घडी, पर्स, चाबी, मोबाइल फोन पनि चेक गरिएको थियो ।

Law maker

हलमा विपक्षी दल बस्ने ठाँउको माइकहरु निकालिए थियो  । गत सोमबार राति एमाओवादी लगायतका सभासदहरुले कुर्सी र माइक तोडफोड गरेपछि सुरक्षाको लागि माइक निकालिएको हो । एमाओवादी नेता अग्नी सापकोटाले विपक्षी सभासदलाई तल्लो दर्जाको व्यवहार गर्दै निरुत्साहित बनाउन अनावश्यक चाँच गरिएको भन्दै आक्रोस पोखेका थिए ।

Agni in camera

यसअघि विधानसभा बैठक कक्षभित्रै १० पोका खुर्सानीको धुलो भेटिएको थियो । नियमित चाँच गर्ने १० पोका खुर्सानीको धुलो भेटिएको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानएका थिए ।

Law maker linejpg


  •  
  •  
  •