अाज उपसभामुखकाे चयनका लागि चुनाव हुँदै

333
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस): प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार चुनाव हुँदैछ । उपसभामुखमा वाम गठबन्धनबाट एमाले नेतृ शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसाल प्रतिस्पर्धामा उत्रेका छन्।

सभामुखमा उम्मेदवार नदिएको कांग्रेसले राष्ट्रपति र उपसभामुखमा भने उम्मेदवारी दिएको छ । यद्यपी वाम गठबन्धनको प्रष्ट बहुमत भएकाले उपसभामुखमा तुम्बाहाम्फे विजयी हुने निश्चित जस्तै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि चुनावी प्रक्रिया सुरु हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जनाकारी दिए।

 


  •  
  •  
  •