कांग्रेसको २१ गते हुने संसदीय दलको नेता चयनको यस्तो छ कार्यतालिका

230
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

फागुन २१ गते हुने संसदीय दलको नेता चयनका लागि कांग्रेसले चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्देम्बे र नवीन्द्रराज जोशी रहेको निर्वाचन समिति गठन गरेको थियो ।

सोही समितिले फागुन २० गते साँझ ६ देखि साढे ७ बजेसम्म ४१ हजार शुल्क तिरेर उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका जारी गरिएको हो ।

फागुन २१ गते विहान सवा ८ बजेसम्म उम्मेदवारी फिर्ता, साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र १० देखि १ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सिहंदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने छ ।


  •  
  •  
  •