आज विश्व क्षयरोग दिवस

642
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : आज विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ आज रोग विरुद्ध जनचेतना जगाउन विभिन्न चेतनामुलक कार्यक्रम गरिँदैछ ।

सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको दिनको स्मरणमा दिवस मनाउने गरिएको हो ।

नेपालमा क्षयरोग निवारणका कार्यक्रम शुरु भएको ६० वर्षभन्दा बढी अवधि पूरा भएपछि अपेक्षाकृत सफलता भने हासिल हुन सकेको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नयाँ र पुराना नेपालमा करीब ६० हजार क्षयरोगी रहेका छन् ।

कूल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौँ नम्बरमा रहेको छ । दैनिक १८ को मृत्यु यही रोगबाट हुने गरेको छ ।


  •  
  •  
  •