चौतारी ग्रुपको पहिलो प्रस्तुति ‘हेरी देउन मायाले’ बजारमा आउँदै

164
  •  
  •  
  •  

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ग्रुपमा लोकप्रिय रहेको चौतारी ग्रुपले ‘हेरी देउन मायाले’ म्युजिक भिडियोसहितको लोकगीत बजारमा ल्याउँदैछ ।

लोक गायक किशन काले र गायिका तारा शाहीको आवाजमा नयाँ लोक दोहोरी गीति एल्बम ‘हेरी देउन मायाले’ बजारमा ल्याउन लागिएको हो । म्युजिक भिडियो यहि मंसिर ९ गते(मंगलबार) एस. थ्री. के.इन्टरटेन्मेन्ट युट्युवमार्फत सार्वजनिक हुँदैछ ।

गीतलाई अर्जुन थापाले निर्देशन गरेका छन् भने सम्पादन सुसील डाँगीले गरेका छन् । भिडियोमा प्रीतम थापा र मनु सापकोटाको अभिनय छ । गीतले अहिले छोटो समयमा नै फेसबुक र टिकटकमा लोकप्रियता पाएको चौतारी ग्रुपका हरि अधिकारीले जानकारी दिए ।


  •  
  •  
  •