छाउगोठमा निसासिएर महिलाको मृत्यु

739
  •  
  •  
  •  

अछाम । अछाममा छाउगोठमा निसासिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ की २१ वर्षीया पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको हो ।

महिनावारी भएका बेला छाउगोठमा आगो बालेर ताप्ने क्रममा निसासिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

यसअघि २०७४ जेठमा आछामको तुर्माखादकी २२ वर्षीया गौरी बुढा र २०७५ मंसिरमा तुर्माखादमै १८ बर्षिया पार्वती बुढाको सर्पले टोकेर छाउगोठमा मृत्यु भएको थियो ।


  •  
  •  
  •