छाउका रङ्गहरु

96
  •  
  •  
  •  

छाउका ति राता रङ्गहरु नै हुन्
यस धर्तिमा श्रृष्टि रच्छन र

तयार पार्छन् एउटा योद्दालाई
युद्ध मैदानमा लड्नको लागि
कोपिलाहरु फूल बन्नको लागि
सिचिन्छन जब पाठेघरबाट
महिनावारिको रातो रगतले
रुपा थापा
किन भन्छौँ ए बतासहरु
ति नव कोपिलाहरुलाई
पर….पर………पर….पर बस भनेर
राताम्य भएर खुलेका ति क्षितिजहरु
जब बन्द हुन्छन
एउटा अध्यारो कोठामा
सर्पका ति दंशहरु
धुँवाहरुले निस्सासिएका ति श्वासहरु
लुटिएका ति योनिहरु
बिहान नव्युझदैँमा
हराएका ति शीतका थोपाहरु
जो जन्माउन सक्थे
एउटा सिङ्गो ब्रम्हाण्डलाई
सोध्दै थिए ति राता गुरासहरु
सिङ्गो ब्रहाण्डलाइ रङ्गयाउने
त्यहि सृष्टिकर्तालाई
आखिर किन निलिदिन्छन खर्लप्पै
रातको त्यो अध्यारोमा
छाउका ति राता रङहरु
जो बगिरहेछन अनन्तकाल देखि
त्यसरी नै यो प्रृथ्विको गोलाद्धमा
जो बगिरहनेछन त्यसै गरि
अनन्तकाल सम्म यो ब्रहाण्डमा
सृष्टिका फूलहरुलाइ फुलाउने
छाउका ति राता रङहरुलाइ अशुद्द बनाउने
त्यहि रगतका डल्लाहरुले बनेको
ए हाड मासुका थुप्राहरु
भन तिम्रो अपवित्र शरिरलाई
के ले चोख्याउछयौ
गंगाजलको खोजिमा निस्किएका हौ भने
एक छिन सुन है
यति खेर मेरी गंगा पनि
पर….पर……पर सरेर
राताम्य भएर बगिरहेकि छिन

छाउका रातो रङसंग डराएर
तिम्रा विभेदकारी मष्तिष्कहरुले बुनेका
छाउ गोठका जालोहरुमा पारेर
ए माकुराहरु भन कहिले सम्म
एउटा निहत्था योनिको शिकार गर्छौ


  •  
  •  
  •