जंगली च्याउ खाँदा एकको मृत्यु

160
  •  
  •  
  •  

काठमाडौं । जंगली च्याउको तरकारी खाँदा ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

ललितपुरको लामाटारमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको मृत्यु भएको हो । च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् ।

सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी भएका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।


  •  
  •  
  •