कांग्रेस सांसद छन्त्यालको निधन

44
  •  
  •  
  •  

काठमाडौं । कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेकी छन्त्यालाको बुधबार गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको हो।

उनको मुटुको ३ वटा भल्ब ब्लक भएपछि शल्यक्रिया गरिएको थियो । छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ ।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको हो। छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

निधनप्रति कांग्रेस नेताहरुले दुख व्यक्त गरेका छन्।


  •  
  •  
  •