विदेशमा ज्यान गुमाएकाका परिवारले पाए क्षतिपूर्ति

42
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : वैदेशिक रोजगारीका शिलशिलामा ओमान पुगेर ज्यान गुमाएका नेपालीका परिवारले क्षतिपूर्ति पाएका छन् ।

ज्यान गुमाएका सात परिवारले झण्डै १० करोड रुपैयाँ पाएका छन् । गतवर्ष ज्यान गुमाएका ११ जनामध्ये ७ जनाको परिवारले ९ करोड ८१ लाख ५ हजार ९ सय ९३ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् ।

बाँकी चार जनाको परिवारको क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया गरिरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिएकी छन् ।

इलामकी फूलमाया तामाङ, पाल्पाका बद्रीप्रसाद ढुंगाना, सुनसरीका शुक्रराज मगर, धनकुटाकी गंगाकुमारी राई, रुपन्देहीका बिमल गुरुङ, मकवानपुरका इन्द्रबहादुर स्यातान, तनुहँका बिष्णुबाबु तिवारीका परिवारले क्षतिपूर्ति पाएका हुन् ।
सवारी दुर्घटनामा मृत्यु भएकी इलामकी तामाङको परिवारले ब्लडमनी वापत साढे १८ लाख रुपैयाँ बराबर क्षतिपूर्ति पाएको छ ।
यस्तै पाल्पाका ढुंगानाको परिवारले १ हजार ४ सय ९५ ओमानी रियाल, सुनसरीका मगरको परिवारले ७ हजार ५ सय, धनकुटाकी राईको परिवारले ५ हजार, मकवानुरका स्याङतानको परिवारले २ हजार ८४ ओमानी रियाल, रुपन्देहीका गुरुङको परिवारले ५ हजार, तनुहँका तिवारीको परिवारले ७ हजार १ सय ७ रियल पाएको छ ।

विदेशबाट क्षतिपूर्ति पाउने पीडित परिवारले हाल पाउनुपर्ने रकम सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत पाउने गरेका छन् ।


  •  
  •  
  •