विदा भयो छठ, सकिए यो बर्षका ठूला चाड

191
  •  
  •  
  •  

काठमाडौं १३ कात्तिक (ओएनएस) : उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर सुरु भएको छठ आज सम्पन्न भएको हो । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किने क्रमा रहेका छन् । अधिकांस घर फर्किसकेको छन् । छठ विदाभएसँगै नेपालीहरुका ठुला चाड अब लगभग सकिएका छन् । दशैँ पछि आउने तिहार र लगत्तै आउने छठ पनि सकिए पछि चाडवाड यो साललाई विदा भएका हुन् । आज बिहानै उदाउँदो सुर्यलाई अर्घ दिएर समापन गरिएको छठ देशैभरि मनाइयो । मैथिली समूदायको छठ पर्वको अवसरमा खोलानालाहरु रंगीचगी बनेका थिए । यसपटकको छठ अघिल्लो बर्षभन्दा पनि बढी समावेशी देखिएको छ ।

सबै जात, धर्म क्षेत्रका मानिसले मनाएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक शुक्रबार अस्ताउँदो सूर्यलाई पूजाआजा अर्चना र अर्घ दिई तथा बिहीबार बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिई छठ पर्व सम्पन्न गरिएको हो । मूलतः तराईवासी र मैथिली समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा तराईका नदी–तलाउमा श्रद्धालु भक्तजनको भिड बाक्लो थियो ।

_AKD6707अस्ताउँदो सूर्यको पूजाआजा गरी अर्घ दिइ रातभर ब्रत, भजन किर्तन गरी उदाउँदो सूर्यको पूजाअर्चना गरी पुनः अर्घ दिइ ब्रत समाप्ती गर्ने प्रचलन रहेको मैथिली समाज सेवा समितिका अध्यक्ष सुकदेव पोद्दारले बताए । श्रद्धालु भक्तजनका अनुसार सात्विक र श्रद्धाका साथ गरिने यस पूजाबाट सुख शान्ति, धनधान्य र पुत्र प्राप्ति हुने तथा विभिन्न कठिनाइबाट मुक्ति पाइने विश्वास रहेको छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन ब्रतालुहरु चोखो भएर नुहाएर सात्विक भोजन गर्ने गर्दछन् भने सो भोजन ब्रतालुहरुले आफैं तयार गर्नु पर्ने हुन्छ ।

खरनाु भनिने दोस्रो दिन दिनभर ब्रतालुहरु उपवास बसेर साँझको समयमा रोटी, खीर, नैवेद् आदिद्वारा छठी माईको पूजा गरी शान्तमय वातावरणमा भोजन गरी आफ्ना शाखासन्तानलाई ुखरनाु को प्रसाद वितरण गर्ने चलन छ । आज उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर यो पवित्र पर्वको समापन गरिन्छ । त्यसपछि आफन्त र इष्टमित्रहरुलाई छठीमाईको पूजाको प्रसाद खुवाउने चलन छ ।


  •  
  •  
  •