काठमाडौं १२ कात्तिक (ओएनएस) : तराईबासी नेपालीहरुको महान् चाड छठ पर्व आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर धूमधामका साथ मनाइदैछ । राजधानीमा रानीपोखरी लगायत पूर्वी तथा मध्य तराईका प्रमुख जलासय नदी नाला र तलाउहरु आज सिङ्गारिएर झकीझकाउ पारिएको छ । ती जलायसहरुमा आज अपरान्ह अस्ताउदो सूर्यलाई अघ्र्य दिएर सूर्यदेव र छठीमाइको आराधणा गरिने छ । भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई यो चाडको विधिवत सम्पन्न हुने छ ।
आज सूर्यलाई अघ्र्य दिएमा पारिवारिक सुख शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ । तराईका विभिन्न जिल्लाहरुमा नदी ताल÷तलाउ र जलासयहरुमा श्रद्धालु भक्तजनको भिड लागेको छ । उनीहरुले आज रात भरी जाग्राम बसेर भोली विहान पुनः उदाउदो सूर्यलाई अघ्र्य दिने गर्दछन् । केही बर्ष यता राजधानीमा पनि तराई सांस्कृतिक प्रतिष्ठानले काठमाडौको रानी पोखरीमा छट समारोह मनाउँदै आएको छ । चार दिनसम्म मनाउने छठको तेस्रो दिन आज व्रतालु पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अघ्र्य दिएर सूर्यदेवलाई ढोग्ने गर्छन् । आज रातभरि भजन कीर्तनसहित छठीमाईको पूजा आजा गरी भोलि विहान सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर यो पर्वको समापन गरिन्छ । त्यसपछि आफन्त र इष्टमित्रलाई छठमाईको पूजाको प्रसाद खुवाउने चलन छ ।
यसैविच छठका अवसरमा राष्ट्रपती रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा सुख समृद्धी र आरोग्यको शुभकाना व्यक्त गर्नुभएको छ । छठ पर्वले नेपालीहरुविच सामाजीक सांस्कृतीक र धार्मीक सहिष्णुता अभिवृद्धी गर्नमा सहयोग पुगोस भनी राष्ट्रपति र प्रधानमन्त्रीको कामना छ । राष्ट्रपति डा रामबरण यादब आज राजधानीका छठ पूजा हुने विभिन्न नदी पोखरी र तलाउमा जाने कार्यक्रम रहेको छ । निर्धारित कार्यक्रम अनुसार साँझ ५ बजे गौरीघाट पुग्नुहुनेछ भने त्यसपछि क्रमश थापाथली बल्खु र रानीपोखरीमा पुगी छठको पुजा समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
नदीकिनारमा घुइचो
श्रद्धालुहरु आज जनकपुरको गङ्गासागर धनुषसागर रामसागर रत्नसागर विहारकुण्ड रुक्मिनी सागर र अग्निकुण्डलगायतका कुण्ड पोखरी काठमाडौको रानीपोखरी थापाथलीस्थित बागमतीको किनार गौरीघाट विष्णुमती चितवनको नारायणी नदीमा पुगेका छन् । त्यस्तै विराटनगरको िसंग्याई र केसलियाखोला झापाको कन्काई नदि किनार लगायत नदि ताल तलैया तलाउमा गई छठ पर्व मनाउदै छन् ।