चट्याङले तीनजनाको ज्यान लियो

120
  •  
  •  
  •  

पोखरा, ७ फागुन (ओएनएस) : गएराती आएको हावा हुरीसँगै पश्चिम नेपालमा चट्याङ परेको छ । सोलुखुम्बुमा चट्याङले लागेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ ।

हिजो साँझ परेको चट्याङले लागेर वाकु गाविस बडा नं १ का ४२ वर्षका दण्डिप्रसाद घिमिरे, ११ वर्षकी बालकुमारी राई र करिब ३६ वर्षका रमेश बिकको मृत्यु भएको हो ।

साँझ परेको चट्याङले लागेर तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पर्वतमा पनि चत्याङले ६ जना घाइते भएका छन् ।


  •  
  •  
  •