चट्याङ लागेर १५ जना घाइते

677
  •  
  •  
  •  

अछाम, १९ चैत(ओएनएस) : चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् ।  दुई स्थानमा आएको हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

अछामको पन्चदेवल विनायक नगरपालिका ९ कालेकाडा र रामारोशन गाउँपालिका वडा नम्वर ५ मा क्रमश ११ जना र ५ जना घाईते भएका हुन् ।

घाईतेहरुको उद्धार गरि वयलपाटा अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ । घाइते हुने मध्ये स्थानीय भिमपुरा नेपाली, दिर्गे विक, ललु विक, राधिका शाही, कल्पना बोहरा र जगत बोहरा गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


  •  
  •  
  •