मेघ गर्जनसहित चट्याङ्को सम्भावना

219
  •  
  •  
  •  

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

राति मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्व र मध्यका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति केही ठाउँमा चट्याङ पनि पर्न सक्ने भएकाले सर्तक रहन आग्रह गरिएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ र पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।
मनसुनी न्यून चापीय रेखा हाल तराई भू–भाग भन्दा दक्षिणतिर रहेको र नेपाल तर्फ सर्दै गरेको अवस्थामा छ ।

केही दिनभित्र सो रेखा नेपालतिर आएपछि अहिले कमजोर अवस्थामा रहेको मनसुन पुनः सक्रिय हुनेछ ।

यस्तो छ मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ  |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ | साथै पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २० गते (सोमबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पहाडी भूभागकाएक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण २१  गते (मंगलबार  )

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा  आंशिक देखि सामान्य बदली रही पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):  देशको केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा मध्य र पुर्वका पहाडि भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ |


  •  
  •  
  •