चरीका आफन्त सर्वाेच्च जाँदै

259
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : प्रहरी इन्काउन्टरमा मारिएको भनिएका चर्चित डन दिनेश अधिकारी चरीका आफन्तले प्रहरीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । चरीका दाजु ध्रुब अधिकारीले बुधबार सर्वाेच्च अदालतमा मुद्दा दायर गर्न लागिएको जानकारी दिए ।

प्रहरीले भनेको इन्काउन्टर फेक भएको दावी गर्दै चरीको प्रहरीले हत्या गरेको आफन्तको दावी छ । यो विषयमा एमाले नेताहरुले पनि संसदमा होहल्ला मच्चाएका थिए । गृहमन्त्री वामदेव गौतमले चरीको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको संसदमा जानकारी गराइसकेका छन् । गत बुधबार चरीको भीमढुंगामा प्रहरी कारबाहीमा मृत्यु भएको प्रहरीले दावी गरेको छ ।

पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको चरीको शव आफन्तले बुझ्न अस्वीकार गरेपछि पोस्टमार्टमसमेत हुन सकेको छैन ।

चरी मारिएसँगै खुस्बु ओलीको नयाँ रहस्य पनि खुल्दै


  •  
  •  
  •