चरी हत्यापछिको परिदृश्य, रहस्य खोलिदै

256
  •  
  •  
  •  

काठमाडौं २६ साउन ओएनएस्
प्रहरीको भिडन्तमा मारिएका चर्चित डन दिनेश अधिकारी चरीको विषयलाई लिएर अहिले सडकदेखि सदनसम्म बहस र चर्चाले पर्याप्त ठाउँ ँ पाएको छ।
चरीको मृत्युपछि नेकपा एमाले सरकार र प्रहरीप्रति निकै आक्रामक भएको छ भने प्रहरी प्रशासन अहिले गुण्डा मारिएको विषयलाई लिएर यति धेरै बहस हुनु संगठनका लागि दुःखद भएको बताउँ ँदै आएको छ।
धादिङमा जन्मिएका चरीको मृत्युलाई लिएर एमालेले शुक्रबार धादिङ बन्द गर्यो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चरी हत्याको बारेमा सार्वजनिक रूपमा नै उक्त हत्यालाई रहस्यमय हत्याको संज्ञा दिनुभएको छ। उहाँ ँले प्रहरीले चरीलाई अन्यत्र लगेर हत्या गरी धादिङ र काठमाडौंको सिमानामा पर्ने भीमढुंगामा लगेर भिडन्तको नाटक रचेको आरोप लगाउनुभएको छ।
चरी हत्याको विषयलाई लिएर संसद्मा एमालेका नेताहरूले हंगामा मच्चाएपछि प्रहरी प्रशासन भने अलमलिएको छ। महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्माले चरी दोहोरो भिडन्तमा मारिएको हो जसले जति विरोध गरे पनि यसमा कुनै तुक छैन भन्नुभयो। उहाँ ँले कुनै एक व्यक्ति विशेषलाई किटेर प्रहरीमाथि लाञ्छना लगाइयो भने प्रहरी संगठन नै शहीद हुन तयार रहेको दाबी गर्नुभयो।
अहिले प्रहरी र एमालेबीच चरी हत्याको विषयलाई लिएर बढ्दै गएको तनावले एकले अर्कालाई आक्षेप लगाउने क्रम बढेको छ। प्रहरीले चरी हत्यालाई स्वाभाविक भएको प्रतिक्रिया दिए पनि एमालेले भने यसलाई रहस्यमय भएको बताएको छ।
यता गृहमन्त्री वामदेव गौतमले चरी प्रहरी इन्काउन्टरमा मारिएको जानकारी शुक्रबार बसेको बैठकमा दिएपछि घटनाले नयाँ ँ मोड लिएको छ।

उहाँ ँले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको जानकारी संसद्मा दिइरहँ ँदा एमाले सभासद्हरूले गृह मन्त्रीको चर्को आलोचना गर्दै रहस्यमय हत्यालाई इन्काउन्टरमा परिणत गरेको आरोप लगाएका थिए।
राजधानीलगायत प्रमुख शहरहरूमा राजनीतिक संरक्षण पाएका गुण्डाहरूले एकछत्र राज गर्न थालेपछि प्रहरीले गुण्डागर्दी नियन्त्रणका लागि एक तीव्र अभियान सञ्चालन गर्ने निर्णय गरेपछि चरी प्रहरीको पहिलो शिकार भएका हुन्।
प्रहरी गुण्डागर्दी नियन्त्रण गर्न राजनीति संरक्षणप्राप्त गुण्डाहरूको लिस्ट तयार पारी उनीहरूविरुद्धको कारबाही अभियान तीव्र बनाउने योजनामा रहेको छ।
अहिले रजनीतिलाई आड लिएर अभियान चलाउने डनहरू राजधानी छोडेर सुरक्षित बासस्थानतिर लागेका छन्।
विवादस्पद अभिव्यक्ति दिएर काठमाडौं परिसरबाट तानिएका एसएसपी रमेश खरेलको ठाउँ ँमा सरुवा भएका उत्तम कार्की र महानगरीय अपराध महाशाखाबाट विमानस्थल सरुवा भएका विजयलाल कायस्थको स्थानमा सरुवा भएका एसएसपी पुष्कर कार्कीको संयुक्त टोलीले राजधानीमा आतंक मच्चाउने गुण्डाविरुद्धको अभियान सञ्चालन शुरू गरेको छ।
अभियानलाई जस्तोसुकै व्यवधान आए पनि नरोक्ने अभियानमा परिसर र महाशाखा रहेको छ। गरी खाने नागरिकको संरक्षण गर्नु प्रहरी प्रशासनको दायित्व हो उनीहरूको सुरक्षाका लागि प्रहरीले आफ्नो दायित्व निर्वाह गर्न पछि नपर्ने परिसर प्रमुख कार्कीले बताउँ दै आएका छन्।
लामो समयदेखि चरीको मायाजालमा परेकी हालकी चर्चित मोडल खुश्वु ओलीले चरीलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको अभिव्यक्ति दिएपछि स्थितिले नयाँ ँ मोड लिएको थियो। ओलीले प्रहरीका अधिकृतहरूले आफूलाई बारम्बार फोन गरेर चरीसँ ँग विवाह नगर्न धम्की दिएको र विवाह गरे नराम्रो हुने धम्की दिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि प्रहरीले चरीलाई मार्ने योजना पहिलादेखि नै बनाएको रहेछ भन्ने अर्को रहस्यसमेत बाहिर आएको छ। नेपालसमाचारपत्रबाट

 

चरी हत्या र खुस्बु ओली सम्बन्धबारे अन्तर्वाता खुस्बुसँग

 


  •  
  •  
  •