चरीकी प्रेमीका भन्छिन् प्लान अनुसार हत्या भयो (भिडियो सहित)

301
  •  
  •  
  •  

प्रहरीको सर्वाधिक खोजीमा रहेका गुन्डा नाइके दिनेश अधिकारी चरी प्रहरी कारबाहीमा बुधबार मारिए पछि गलफ्रेन्ड मोडल खुश्बु ओली खुलेर विरोधमा उत्रीएकी छिन् । ओलि र अधिकारी विच केहि वर्ष अगाडी देखि प्रेममा थिए । घरपरिवारको सल्लाह बमोजिम केही समय पश्चात विवाह बन्धनमा बाँधिने सहमति समेत भएको जनाईएको छ । पुर्व मिस टीन समेत रहेकी खुश्वु र चरीबीचको सम्बन्धलाई लिएर वेलावेलामा चर्चामा समेत आईरहन्थ्यो ।

 

यस्तो थियो प्लान : खुस्बु

डिएसपी प्रजित र अर्पण कोइरालाको योजना अनुसार यो भएको हो । दिनेशसँगको मेरो सम्बन्धका कारण डाहामा प्रहरी निरिक्षक कुमुद र अर्पण कोइरालाको योजना अनुसार यो भएको हो । पहिले देखि नै नै जे हुन्छ जसरी हुन्छ लाखौ करोर्डा खर्च गरेर भएपनि दिनेश अधिकारीलाई मार्छु भन्ने उनीहरुको ध्याउन्न त्यति मात्रै थियो । डिएसपी सोमेन्द्र रोठोरको अगाडी उनीहरुले ललितपुरमा यस्तो धम्की दिएको छ । मैले त्यति वेला नै उजुरी दिएर कागज गरेर त्यो मान्छेलाई थुन्ने भन्दा खेरी हाम्रो परिवारमा यस्ता मान्छेलाई के चलाई राख्नु भन्ने सल्लाह भयो । मैले पछि कागज गराएर उसलाई यस्तो हुन्न भन्ने सर्तमा कागज गराएर छाडिएको छ ।

भिडियो हेर्न

खुस्बुका अनुसार गुण्डागर्दीमै संलग्न अपर्ण कोइरालाले खुस्बुलाई पनि मन पराउँछन् । यस्तै प्रहरी इन्सपेक्टर रहेका कुमुद ढुंगेलको समेत खुस्बु आँखाको तारो बनेकी थिइन् ।


  •  
  •  
  •