चरीको अन्त्येष्टि

58
  •  
  •  
  •  

काठमाडौं, ७ भदौं (ओएनएस) : प्रहरी कारबाहीमा मारिएका चर्चित डन दिनेश अधिकारी ‘चरी’ को १७ दिनपछि शनिबार पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । गएको साउन २१ गते काठमाडौंको भीमढुंगामा मारिएका चरीको शव परिवारजनले बुझ्न नमानेपछि अन्त्येष्टिमा ढिलाइए भएको हो ।

शनिबार पशुपति आर्यघाटमा पुगेका एमाले नेताहरुले चरीको पार्थिव शरीरमा एमालेको झण्डा ओढाएका थिए । चरी धादिङका पूर्व क्षेत्रीय उपाध्यक्षसमेत हुन् । उनी एमाले अध्यक्ष केपी ओली निकट मानिन्थे । एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन । त्यस्तै धादिङका सभासदहरु गुरुप्रसाद वुर्लाकोटी, धनबहादुर घले तथा एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी पनि पशुपति पुगेका थिए ।

तस्वीरहरु कविन अधिकारी/ओएनएस
तस्वीरहरु कविन अधिकारी/ओएनएस

अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल र उपाध्यक्ष ऐन महर समेतको उपस्थिति थियो । चचरीलाई अन्तिम श्रद्धान्जली दिन अर्का डन चक्रे मिलन पनि आर्यघाट पुगेका थिए ।

चरी मारिएलगत्तै संसदमा होहल्ला मच्चाउने एमाले केन्द्रीय सदस्य राजेन्द्र पाण्डे भने पशुपतिमा देखिएनन् । उनले संसदमा चरीलाई प्रहरीले हत्या गरेको भन्दै दोशीमाथि कारबाही हुनुपर्ने र घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका थिए । तर, उनी शनिबार पशुपति नपुग्नुलाई आश्चार्यका रपमा लिइएको छ ।


  •  
  •  
  •