चरी प्रकरण सदनमा , सदन अबरोध गर्ने एमाले चेतावनी

328
  •  
  •  
  •  

काठमाडौ, २२ साउन (ओएनएस) :  नेकपा एमालेले गुन्डा नाइेक धादिङ त्रिपुरेश्वर गाबिसका दिनेश अधिकारी चरिको काठमाडौ रिंगरोड भित्रै हत्या गरिएको आरोप लगाएको छ । एमालेले एसएसपी पुष्कर कार्कीलाइ निलम्बन गरी छानविन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

व्यबस्थापिका संसदको बिहीबारको बैठकमा सभामुखसँग समय लिएर एमाले मुख्य सचेतकको जिम्मेवारी सम्हाल्दै आएका राजेन्द्र पाण्डेले अधिकारीको दोहोरो भिडन्तमा परेर नभई प्रहरलिे हत्या गरेको आरोप लगाए । ‘आठवटा गोली लागेर मारिएको भनिए पनि घटनास्थलमा एकथोपा रगत चुहिएको छैन, यसबाट भन्न सकिन्छ, अधिकारीको हत्या भएको थियो ।’

चरि इन्काउन्टरबारे निश्पक्ष छानविन गर्न पाण्डेले गृहमन्त्री वामदेव गौतमसंग माग गरेका छन् । नभए सदन चल्न नदिने एमालेले चेतावनी दिएको छ । ‘दोहोरो भीडन्तामा मारिएको भनेर प्रहरी झूटो बोल्दैछ’, पाण्डेले भने, ‘दोहोरो भीडन्त भयो भनिएको ठाउमा एक थोपा रगत छैन, आठओटा गोली लागेको ठाउमा यस्तो हुनछ ?’

पाण्डेले अगाडी भने, ‘मानौ उ गुण्डा थियो होला, अपहरणकारी थियो होला, उसलाइ कारवाही गर्ने अदालत थियो, सरासरले मान्छे मार्न पाइन्छ ?’ पाण्डेले अधिकारीले खुश्वुसँग बिवाह गर्ने पक्का भएकोमा, बिवाह रोक्न एकजना इन्सपेक्टरले मार्ने धम्की दिएको दावी गरे ।

‘दिनदहाडै राजधानीमा मान्छे मार्ने काम भएको छ, यो गैरन्यायीक हत्या हो’, उनले भने, ‘यस्तै हो भने, भोली कुनैदिन यसैगरी राजनीतिक कर्मीलाइ मार्ने काम हुनेछ ।’  ‘प्रहरीले मनलाग्दी ढंगले मान्छे मार्ने काम गर्यो, यसबारे गृहमन्त्रीको जवाफ चाहियो’, उनले भने, ‘यसबारे छानविन समिति गठन नभए सदन चल्नै सक्दैन ।’ चरीको बुधबार काठमाडौं भिमढुंगामा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको प्रहरीले दाबी गरेको ।


  •  
  •  
  •