काठमाडौं ३० साउन ।
एउटा उनका निम्ति प्रेमसम्बन्ध कति खतरनाक हुन्छ भन्ने कुरा चलचित्र हेर्ने आमदर्शकले थाहा पाएकै कुरा हो ।
डन समाप्त हुने विभिन्न कारणहरुमध्ये उसको गरिहो प्रेमसम्बन्ध नै हुन्छ भन्ने कुरा थुप्रै मुम्बइया चलचित्रमा द्खिँदै आएको छ । चलचित्रले समाजकै कथा बुनेको हुन्छ भन्ने कुरालाई आधार मान्ने हो भने अहिेको सर्वाधिक चर्चित चरी मृत्यु प्रकरण पनि त्यसको नमुना देख सकिन्छ । साउन २१ गते मारिएका भनिएका दिनेश अधिकारी चरीको मृत्युमा पनि प्रेमसम्कन्धका कुनै न कुनै छटा प्रष्ट रुपमा देखिन्छ । उनकी प्रेमिका खुश्वु ओलीको घटनाको खबर फैलिएको केही समयमै दिनेश र आफूबीच पारिवारिक सम्बन्ध रहेको बताउँदै उनको हत्इा गरिएको र त्यसको एउटा कारण आफूसँगको दिनेशको सम्बन्ध भएको बताएपछि त्यसले थप पुष्टि पारेको हो ।
घटनाका परिदृश्यमा प्रयट रुपमा मुख्य चार पात्र छन् , चरी, मोडल खुश्वु ओली, पूर्वप्रेमी अपर्ण कोइराला एवं प्रहरी एन्सपेक्टर कुमोद ढुंगेल । त्यस बाहेक चरीसम्बद्ध परिवारजन एंव उनको ग्याङका सदस्यहरु, सभासद, प्रहरी प्रशासन, गृहमन्त्री, दलका नेताहरु तथा अपर्ण र खुश्वुसँग सम्बन्ध रहेका व्यक्तिहरु सामान्य भूमिकामा छन् । वास्तवमा केही मानिसका निम्ति प्रेमसम्बन्ध निकै भारी हुन्छ । मानिसहरु अफेयर ब्रेक भएको ट्रेनडीमा विभिन्न समस्याको सिकार हुन्छन् अर्थात चरीले भने ज्यानै गुमाउनुपरेको छ । चलचित्रको क्लाइमेक्स सिनलाई प्रहरीले भीमढुंगामा बिसाएपनि चरी निकट पात्रहरुको सक्रियताका कारण यो कथा केही लम्बिने संकेत देखिएको छ ।
प्रेमिका खुश्वुले चरीलाई इन्काउन्टरमा मारिएको भनेर खुला रुपमा भनेपछि चुनावी दिनमा चरीको पर्याप्त सहयोग पाएका धादिङका ३ जना सभासदले सदन चर्काए ।
संसदलाई प्रहरीसँगको मुठभेडमा चरीको मृत्यु भएको विवरण दिने गृहमन्त्रीको प्रतिवेदनमाथि एमालेसम्बद्ध धादिङका सभासदहरुले चित्त नबुझाएपछि सरकार घटनाको संसदीय छानविन गराउने अवस्थामा पुगेको छ ।
साप्ताहिकबाट