चरेससहित तीन भारतीय नागरिक पक्राउ

223
  •  
  •  
  •  

धादिङ, २७ फागुन (ओएनएस) : नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट ३ सय ६० किलो चरेससहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर ५५ एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए ।

भारतीय ट्रकलाई लागूऔषध नियन्त्रण ब्यूरोले शंका लागि जाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाई ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागूऔषध चरेस बरामद भएको हो ।

प्रहरीले चरेस कारोवारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओमप्रकाश र साहु भारत, मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खानलाई पक्राउ गरेको हो ।

प्रहरीले ट्रक सहचालकसमेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •