१३३ किलो गाँजा बराम

732
  •  
  •  
  •  

सिरहा, १९ भदौ : सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाअन्तर्गतका स्पेसल टास्क फोर्सले सिरहाको विष्णुपुरकट्टी–३ स्थित सर्रे खोलाको किनारबाट बुधबार साँझ ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सुराकीका आधारमा गाँजा बरामद गरिएको सशस्त्रका प्रहरी निरीक्षक अमृत विकले जानकारी दिए । उनका अनुसार बरामद उक्त गाँजा १३३ किलो ९० ग्राम रहेका छन् । गाँजा बरामद भए पनि व्यापारी प्रहरीलाई देखेर फरार भएका छन् । बरामद गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।


  •  
  •  
  •