उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

248
  •  
  •  
  •  

एजेन्सी । उत्तर कोरियाले दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ ।  शुक्रबार बिहान देशको पूर्वी तटीय क्षेत्रमा ती क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

AFP

बिहान २ बजेर ५९ मिनेट र ३ बजेर २३ मिनेटमा गरिएका प्रहार सी अफ जापानमा खसेका थिए । एकसाता अघिपनि प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेपछि त्यसको प्रतिक्रियाको रूपमा उत्तर कोरियाले पछिल्ल्ला परीक्षणहरू गरेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले पछिल्लो समय यसअघि प्रयोग नभएको क्षेत्र अहिले क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बोल्दै पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन् ।


  •  
  •  
  •