आजदेखि चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन हुँदै

135
  •  
  •  
  •  

काठमाडौं । सरकारले आजदेखि दशैँ,तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सुपथ मूल्यका पसलबाट अनलाइन अर्डरमार्फत पनि सामग्री खरिद गर्न सकिने बताएको छ ।

सुपथ मूल्य पसलका सामग्री काठमाडौं उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा सञ्चालन हुनेछ । यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ ।

सुपथ मूल्यका पसलमा नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । प्रति परिवार चार किलोका दर तोकिएको छ । सरकारले चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ । यस्तै खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ । सुपथ पसल छठ पर्वको भोलिपल्टसम्म सञ्चालन हुनेछ ।

 

 


  •  
  •  
  •