चन्द्रागिरी गोल्डकपको दोस्रो संस्करण आइतबारबाट

153
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख(ओएनएस) : चन्द्रागिरी गोल्डकपको दोस्रो संस्करण यहि वैशाख १५ गतेबाट शुरु हुने भएको छ ।

चन्द्रागिरी नगरपालिकामा आयोजनामा वैशाख २२ गतेसम्म हुने प्रतियोगिता नैकाप खेल मैदानमा हुनेछ । प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन ।

अघिल्लो पटक ब्राइट युथ क्लवले आयोजना गरेको प्रतियोगिता यसपटक दिपशिखा युवा समुहले गर्ने भएको छ ।
प्रतियोगितामा एक आयोजक, दुई विभागिएसहित आठ टिमको सहभागिता रहने जनाइएको छ । जसमा त्रिभुवन आर्मी, एपीएफ, जाउलाखेल युथ कलव, आयोजक दिपशिखा युवा समुह, सरस्वती युथ क्लव, फ्रेन्डस कलव, वीरगञ्ज युनाईटेड, च्यासल युथ क्लवको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।


  •  
  •  
  •