चन्द्रगढी विमानस्थल सञ्चालनमा

69
  •  
  •  
  •  

झापा । झापाको चन्द्रगढी विमानस्थल शुक्रबारदेखि सञ्चालनमा आएको छ ।  विमानस्थल मर्मतका लागि भनेर केही दिन अघिदेखि विमानस्थल पूर्ण रुपमा बन्द गरेर निर्माणको काम शुरु गरिएको थियो ।

रनवे मर्मतको काम सम्पन्न भएर नियमित उडान चालु भएको नागरिक उड्डन प्राधिकरणका चन्द्रगढी विमानस्थल भद्रपुरले जनाएको छ ।

मर्मत तथा स्तरोन्नतिका लागि गत कात्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो ।
विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेका कारण मर्मत गर्नु परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जीर्ण बनेपछि धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो । धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।


  •  
  •  
  •