सञ्चार उद्यमी सिंघानिया हत्याका योजनाकार पक्राउ

450
  •  
  •  
  •  

काठमाडौँ, १७ चैत(ओएनएस) : सञ्चार उद्यमी अरूण सिंघानिया हत्याका प्रमुख योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार हत्याका प्रमूख योजनाकार चन्द्रदीप यादवलाई प्रहरीले जनकपुर नगरपालिका-१ स्थित वकिल टोलबाट पक्राउ गरेको हो । जनकपुर टुडेका प्रकाशक सिंघानीयाको ०६७ फागुनमा जनकपुरको शिव चोकमा गोली हानी हत्या गरिएको थियो ।

सिंघानिया हत्याको आरोपमा यसअघि नै प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको छ । उनीहरूको दिएको सूचनाका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको बताइएको छ ।

यादव दोस्रो संविधानसभामा फोरम लोकतान्त्रिकबाट चुनाव समेत उठेका थिए । उनले भारतको जयनगरमा बसेर सशस्त्र समूहसँग मिलेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएको प्रहरीले बताएको छ ।

यादव माथि माघ २२ मा धनुषामा राजेन्द्र प्रसादको हत्या गरेको र धनुषामै नसिद मियाँ र राम सोघारत महतोलाई गोली हानेको आरोपसमेत छ ।


  •  
  •  
  •