उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

87
  •  
  •  
  •  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी भएका छन् । प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल विजयी भएका हुन् । विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५ सय २२ मत ल्याए भने प्रधानले ३ सय ७५ मत ल्याए ।


यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे । ढकाल शेखर गोल्छा पछिको आगामी कार्यकालका लागि अध्यक्ष समेत हुने पक्का भएको छ । महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष आगामी कार्याकालको स्वत अध्यक्ष हुने प्रावधान छ ।

एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् । उनी सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका रामचन्द्र संघाईले ४ सय ५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योतिले ४ सय ३४ मत ल्याए ।
जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भए । उनले ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीले ४७ मत ल्याए ।

वस्तुगत तर्फ अन्जन श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका छन् । किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठले चन्द्र ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गर्दै वस्तुगत तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् । एक सय एक मतमा विजयी भएका अन्जन श्रेष्ठले ६२ र पराजित भएका उमेशलाल श्रेष्ठले ३७ मत ल्याए ।

वस्तुगत सदस्यमा नरेशलाल श्रेष्ठ,मिनमान श्रेष्ठ,मनिषलाल प्रधान,अरनिको राजभण्डारी,सुमितकुमार केडिया,सन्दिप अग्रवाल विजयी भएका छन् । त्यस्तै गोविन्द ढुंगेल, भत्तबहादुर हमाल, प्रकाशसिह कार्की, हेमराज ढकाल, शकुन्तलाल हिराचन विजयी भए । साथै सुवोधकुमार गुप्ता, आकाश अधिकारी, बिष्णु गैरे विजयी भए । प्रधान समुहबाट अरनिको राजभण्डारी, मनिषलाल प्रधान,मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, विष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन र गोविन्द ढुंगेलले प्रधान समुहबाट निर्वाचत जिते । यस्तै ढकाल समुहबाट नरेशलाल श्रेष्ठ, भत्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता,आकार अधिकारी, सुमितकुमार केडिया पनि विजयी भए ।
यसैबीच निर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सबै व्यवसायीका प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको बताएका छन् । आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने उनले प्रतिवद्धता जनाए ।

यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनको भनाइ छ ।


  •  
  •  
  •