अवैध चाँदी बरामद, दुई युवा पक्राउ

413
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : प्रहरीले अवैध चाँदी बरामद गरेकाे छ। महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसारका प्रवक्ता डिएसपी माेहन थापाले बता।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२, श्रीमराम हल नजिक घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र उनीसँगै रहेका वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफ छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं–२३, झोछेबाट उक्त चाँदीसहित उनीहरुलाई प्रहरीले गरेकाे हाे। उनीहरुको साथबाट ९८ हजार ५ सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •