काठमाडौं १२ मंसिर (ओएनएस) : नेकपा–माओवादीबाट बाहिरिएको नेत्र बिक्रम चन्द समुह नयाँ पार्टी गठनका लागि छलफलमा जुटेको छ । छलफलका केन्द्रदेखि राज्य समिति तहका नेता कार्यकर्ताको सहभागिता रहेको छ । चितवन र मकवानपुरको जंगल नजिक छलफल भइरहेको पार्टी स्रोतले जानकारी दिएको छ । कपिलबस्तुमा भएको भेला लगत्तै ताम्सालिङ क्षेत्रमा बैठक गरेर पार्टी गठन गर्ने योजना अनुसार नै छलफल भएको ती नेताले जानकारी दिए । उनले गोप्य छलफल भएको भन्दै ठाउँ भने बताउन चाहेनन ।
क्रान्तिकारी धारालाई अघि बढाउने गरि नेकपा माओवादी कै नाममा पार्टी गठन गर्ने तयारी छ । माओवादी कायम राख्ने र अरु शब्दावली थप्ने विषयमा छलफल भइरहेको छ । आइतबारसम्म छलफल गरेर नेताहरु राजधानी फर्किने र नयाँ पार्टीको घोषणा गर्ने तयारी छ ।
कात्तिक २६ र २७ गते कपिलवस्तुको शिवगढी जंगलमा भएको गोप्य भेलाले पार्टी नेतृत्वसँग सम्बन्ध विच्छेद गरेर अघि बढ्ने निस्कर्ष निकालेको थियो । त्यही निस्कर्ष अनुसार चन्दले सम्बन्ध विच्छेद गरेका हुन् । चितवन जानुअघि नेता खड्कबहादुर विश्वकर्माले नयाँ पार्टीले जनयुद्धले पुरा गर्न नसकेका मुद्दालाई अघि बढाउने ओएनएससँग बताएका थिए । चितवन भेलाको तारतम्य गुणराजा लोहनीले मिलाएका हुन् ।
‘विप्लवको बदलिँदो बाटो’ सम्बन्ध विच्छेदपछि पत्नी शोभाको सकस
वैद्यपक्ष विस्तारित बैठकमा
नेकपा–माओवादीको विस्तारित बैठक आज फेरि बस्दैछ । सार्क सम्मेलन कारण स्थगन गरिएको बैठक आजदेखि फेरि सुरु हुने भएको छ । बिहान ११ बजेपछि ललितपुरको कुपोण्डलमा हुने बैठकमा नेत्रविक्रम चन्द पक्षले गरेको सम्बन्ध विच्छेद र अबको रणनीतिका विषयमा छलफल हुनेछ । चन्दपक्षले नयाँ पार्टी खोल्ने गरि सम्बन्ध विच्छेद गरेपनि मोहन वैद्य नेतृत्वमा रहेको सस्थापन पक्षले अन्तिम मौका दिने तयारी गरेको छ ।
Comments are closed.