छोरा छोरीको विष सेवनप्रति नेत्रविक्रमको स्पष्टोत्ति

151
  •  
  •  
  •  

काठमाडौं, ८ भदौ (ओएनएस) : नेकपा माओवादी सचिव नेत्रविक्रम चन्दले आफ्ना छोरा नक्षेत्र र छोरी मञ्जु विरामी पर्दा चासो, चिन्ता र सद्भाव राख्नु हुने सवैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

आइतवार सामाजिक संजाल फेशबुकमार्फत सचिव चन्दले छोरा छोरीले विष सेवन गरेको घटना दुःखद भएको भन्दै आफनै चहाना, अपेक्षा, अभावका समाजमा कसै न कसैको भागमा आइरहने र भोगिरहने समस्या भएको उल्लेख गरेका छन् ।

उनले आफुलाई राजनैतिक विशिष्ट जिम्मेवारीवाट अलग गरेर समाजको एक परिवार एवं सदस्यको रुपमा वुझ्दा सो घटना आफ्नो भागमा पर्न आइपुगेको समस्याको रुपमा आफूले वुझेको र त्यही रुपमा सहने उल्लेख गरेका छन् ।

उनले आफ्ना छोरा छोरीको घटनावारे अनेक चर्चा चले पनि यसमा छोरा छोरीकै निर्णय मुख्य रहेको र घटनालाई त्यही रुपमा बुझ्न आग्रह गरेका छन् ।


  •  
  •  
  •