कराते खेलाडी दनुवारले पहिलो पदक दिलाइन्

47
  •  
  •  
  •  

काठमाडौं । नेपाली कराते खेलाडी चञ्चला दनुवारले १३ औँ दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् ।
सातदोबाटोमा रहेको कराते हलमा भएको प्रतियोगितामा चञ्चलाले सिनियर महिलामा रजत पदक जितेकी हुन् । उनी फाइनलमा पाकिस्तानकी खेलाडीसँग पराजित भइन् ।

पाकिस्तानकी खेलाडी साहिदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन् । चञ्चलाले २४.६२ अंक पाइन् ।

चञ्चलाले आफ्नो समूहमा रहेका बंगलादेशी र भुटानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । उनले २४.०२ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् ।


  •  
  •  
  •