च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिखको फराकिलो जित

151
  •  
  •  
  •  

Champions-Leagueकाठमाडौं, ५ कात्तिक (एजेन्सी) : च्याम्पियन्स लिगको जारी प्रतियोगिता अन्तर्गत गयराती सम्पन्न खेलमा चेल्सी र बायर्न म्युनिखले फराजिलो जित दर्ता गरेका छन् । प्रतियोगितामा चेल्सीले मारिबोरलाई ६-० र बायर्न म्युनिखले रोमालाई ७-१ गोलअन्तरले पराजित गरेका हुन् ।

समुह ‘ग’ अन्तर्गतको गयराती सम्पन्न खेलमा चेल्सीले मारिबोलाई ६-० गोलअन्तरले पराजित गर्ने क्रममा लोइक रेमीले खेलको १३ औ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै, ड्रिडियर ड्रोग्वाले खेलको २३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको ३१ औ मिनेटमा जोन टेरीले गोल गर्दै गोलको संख्या ३ पुर्याए ।

पहिलो हाफमा ३-० को अग्रता लिएको चेल्सीका लागि चौथो गोल भने आत्मघाती गोल बन्न पुग्यो । मारिबोरका मित्जा भिलरले आत्मघाती गोल गर्दै चेल्सीको गोल संख्यालाई ४ पुर्याइदिए । खेलको ६४ औ मिनेटमा मारिबोरले पाएको पेनाल्टीलाई अजिम इव्राइमीले गोल गर्न नसक्दा टोलीका लागि खाता खोल्ने मौका समेत गुमाउन पुग्यो । पुनः खेलको ७७ औ मिनेटमा इडन हेजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई ५-० को स्थितीमा पुर्याए र खेलको ९० औ मिेनटमा पनि थप एक गोल गर्दै हेजार्डले टोलीलाई ६-० को स्थितिमा पुर्याउँदै खेलको अन्त्य समेत गरे ।

यस्तै, गयराती नै भएको अर्को खेलमा बायर्न म्युनिखले रोमालाई ७-१ ले हराउँदा आर्जेन रोबेनले २ गोल गरेका थिए भने मारियो गोटेज, रोबर्ट लावान्डोस्की, थोमस मुलर, फ्र्यान्क रिबेरी, जेर्डन शाक्विरीले समान १-१ गोल गरेका थिए । म्युनिखले खेलको ९ औ मिनेटमा आर्जेन रोबेनको गोलबाट खाता खोलेको थियो । यसपछि खेलको २३ औ मिेनेटमा मारियो गोटेजले गोल गरे भने २५ औ मिनेटमा रोबर्ट लावानडोस्कीले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।

खेलको ३० औ मिनेटमा आर्जेन रोबेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे भने थोमस मुलरले पेनाल्टीमार्फत ३६ औ मिनेटमा गोल गरे । पहिलो हाफ ५-० मा स्थितिमा टुङ्गिएपछि दोस्रो हाफमा गर्भीन्होले ६६ मिनेटमा गोल गर्दै रोमालाई सान्त्वना गोल गर्न सफल रहे । तर खेलको ७८ औ मिनेटमा फ्र्यान्क रिबेरी र जेर्डन शाक्विरीले ८० औ मिनेटमा गोल गर्दै खेललाई ७-१ को स्थितिमा टुङ्ग्याए ।

यस्तै, गएराती नै सम्पन्न खेलमा बार्सिलोनाले अज्याक्सलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । खेलमा अग्रता भने बार्सिलोनाले नै लिएको थियो । खेलको ७ औ मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए भने खेलको २४ औ मिनेटमा लिओनेल मेसीले गोल गर्दै अग्रतालाई दोब्बर पारे । यता अजाक्सकालागि आशा जगाउँदै अनवर इल-घाजीले खेलको ८८ औ मिनेटमा गोल गरेका थिए । तर, त्यसको दुई मिनेटपछि नै बार्सिलोनाका सान्ड्रो रामिरेजले गोल गर्दै खेललाई ३-१ को स्थितिमा टुङ्ग्याए ।


  •  
  •  
  •