च्याम्पियन्स् लिगमा पीएसजी र चेल्सी रोकिए, वार्यन पनि बराबरीमा

143
  •  
  •  
  •  

६ फागुन (एजेन्सी) : युरोपीयन च्याम्पियन्स् लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रान्सको पीएसजी र  इङ्ल्याण्डको चेल्सीले बराबरी खेलेका छन् । अन्तिम १६ अन्तर्गतको खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

पीएसजीको मैदानमा भएको खेलको ३६ औं मिनेटमा चेल्सीले इभानोविकको गोलबाट अग्रता लियो । तर इडिन्सन् काभानीले ५४ औं बराबरी गोल फर्काए । त्यसपछि अर्काे गोल हुन नसक्दा खेल बराबरीमै सकियो ।

अर्काे खेलमा जर्मनीको  वार्यन म्यूनिखलाई सख्तर डोनोक्सले गोलरहित बराबरीमा रोकेको छ । खेलमा वार्यनका जाबी अलान्सो रातो खाँदै बाहिरिएका थिए ।


  •  
  •  
  •