रोमासँग हारे पनि लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

330
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख (ओएनएस) :च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा लिभरपुल इटालीयन क्लब रोमासँग पराजित भएपनि फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा रोमाले लिभरपुुललाई ४–२ गोल अन्तरले हराएको थियो। तर, उसलाई फाइनल प्रवेशबाट रोक्न भने असफल रह्यो।
लिभरपुल समग्रमा ७-६ ले विजयी हुँदै २००७ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान बनाउन सफल भयो।

लिभरपुल समग्रमा ७-६ ले विजयी हुँदै २००७ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा लिभरपुल ५-२ ले विजयी भएको थियो। जारी च्याम्पियन्स लिगमा लिभरपुलको पहिलो हार हो।

लिभरपुललाई हराउन रोमाका राड्जाले दुई तथा इडेन डिजेकोले एक गोल गरेका थिए। लिभरपुलका जेम्स मिल्नरको आत्मघाती गोलबाट रोमाले उपहार पाएको थियो।

लिभरपुलका लागि साडिओ माने र जर्जिनियोले एक-एक गोल गरे।

अब उपाधिका लागि लिभरपुल र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ। रियल यसअघि नै वायर्न म्युनिखलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।


  •  
  •  
  •