च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

273
  •  
  •  
  •  

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग जितेको हो ।

लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो । स्पेनको मड्रिडस्थित स्टाडियो वाण्डा मेट्रोपोलिटानो रंगशालामा भएको फाइनलमा खेल शुरु भएको दोस्रो मिनेटमै विवादास्पद पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो ।

खेलको पहिलो मिनेटमै टोटनह्यामका मोउसा सिसिकोले बक्सभित्र ह्याण्ड गरेपछि स्लोभेनियाका रेफ्री दामिर स्कोमानियाले लिभरपुललाई पेनाल्टीको अवसर दिएका थिए । साडियो मानेले चर्तुयाईंपूर्वक प्रहार गरेको बल सिसिकोको छातीमा लागेर हातमा छुँदै भुइँमा झरेको थियो । पेनाल्टीमा मोहम्मद सालाहले लेफ्ट फुटेट शर्टमार्फत उत्कृष्ट गोल गरी दोस्रो मिनेटमै अग्रता दिलाएका थिए ।

च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने सालाह दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००५ को फाइनलमा एसी मिलानका पाउलो माल्दिनीले लिभरपुलविरुद्ध ५० सेकेण्डमै गोल गरेका थिए ।

दोस्रो हाफको अन्त्यतिर सब्सिच्युड खेलाडी डिभोक ओरिगीले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरी लिभरपुललाई उपाधि सुरक्षित गरेका थिए ।

उनले जोयल माटिपको पासमा गोल गरेका हुन् । पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको टोटनह्यामका लागि सन ह्युङ मिन, ह्यारी केन र डेले अलीले पाएका अवसर सदुुपयोग गर्न सकेनन् ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले दोस्रो प्रयासमा च्याम्पियन्स लिगको उपाधि दिलाए ।  सन् २०१५ मा लिभरपुलको प्रशिक्षक नियुक्त भएपछि लिभरपुलले जितेको एकमात्र ठूलो उपाधि यही हो ।
यही सिजन प्रिमियर लिगमा ९७ अंक जोडे पनि लिभरपुलले उपाधि दौडमा म्यानचेस्टर सिटीलाई पछि पार्न नसकेको थिएन ।

लिभरपुलले सन् १९७७, १९७८, १९८४ र २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।


  •  
  •  
  •