च्याम्पियन्स लिगमा मड्रिडको दोस्रो जित

34
  •  
  •  
  •  

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले दोस्रो जित निकालेको छ । समूह ‘ए’ मा रहेका मड्रिड शीर्ष स्थानको पीएसजी भन्दा ५ अंकले पछाडि रहेको छ ।

बुधबार राति भएको खेलमा मड्रिडले गालातासारे माथि ६–० को फराकिलो जित निकाल्न सफल भएको हो ।
रियलको जितमा रोड्रिगोले ह्याट्रिक गर्दा करिम बेन्जिमाले २ तथा सर्जियो रामोसले एक गोल गरेका थिए ।

 

घरेलु मैदानमा मड्रिडले रोड्रिगोको गोल मार्फत खेल सुरु भएको चौथो मिनेटमै अग्रता बनाएको थियो । सातौं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल थपेका थिए ।

१४ औं मिनेटमा मड्रिडले पेनाल्टी पाएपछि गोल संख्या तीन पुगेको थियो । पेनाल्टीमा रामोसले गोल गरेका थिए । पहिलो हाफमै चार गोल खाएको गालातासारेले दोस्रो हाफमा अरु २ गोल ब्यहोरेको थियो । पहिलो हाफको अन्तिममा करिम बेन्जिमाले गोल गरेका थिए ।

८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे भने रोड्रिगोले इन्जोरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
समूह ए अन्तर्ग नै बुधबार राति भएको अर्को खेलमा पीएसजीले अपराजित यात्रा कायमै राखेको छ ।


  •  
  •  
  •