एजेन्सी । च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट शुरु हुँदैछन् । कोरोना महामारीका कारण रोकिएका खेलहरु आजबाट पुनः शुरु हुन लागेको हो ।
युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई वटा खेल आज राति हुनेछन् ।
आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबीचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो । आजै इटालीको युभेन्टसले फ्रान्सको लियोंसँग खेल्नेछ ।
च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनका अन्य दुई खेलहरुमा भोलि राति बार्सिलोना र नापोली तथा बायर्न म्युनिख र चेल्सी भिड्ने छन् ।