चमेलियामा५४ करोड रुपैयाँ भ्रष्टाचार

308
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर(ओएनएस): चमेलिया जलविद्युत आयोजनाको भेरिएशन नम्वर ३ मा थप ५४ करोड रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको छ ।

बुधवार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले सो रकम भ्रष्टाचार भएको पुष्टि  गरेको हो । भेरियसन रिभ्यु कमिटीबाट पूनरावलोकन नगरी सिधा सञ्चालक समितिबाट स्वीकृत गर्नुले ठूलो आर्थिक चलखेल भएको प्रष्ट देखिने बताइएको छ ।

समितिले सम्वन्धित मन्त्री ,सचिव , नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यहरु आयोजना कर्मचारीसमेत संलग्न रहेको ठहर गरी कारवाही गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

समितिले आयोजनामा भएको भ्रष्टाचारमा दोषी सवैमाथि कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको  छ ।

 गत दुई महिना अघिदेखि सभासद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएर सो आयोजनामा भएको अनियमितता बारे छानबीन गरेको थियो ।

उपसमितिले भेरिएसनलगायत निर्माण सामग्री खरिद ,ज्याला तथा कर्मचारीको तलवमा समेत आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ ।
भ्रष्टाचारमा संलग्न सन् २००१ देखी हालसम्म आयोजनाको विभिन्न चरणमा निर्देशन दिने र निर्देशन कार्यान्वयन  गर्ने दोषीहरुलाई कारवाही गर्न निर्देशन दिएको  हो ।

सुरु ठेक्का २ अर्व ८८ करोड रुपैयाँमा तोकिएकोमा भेरिएसनमा ७ अर्व ५१ करोड पु¥याइएको छ ।

लेखाले निर्देशन दिने र त्यसको कार्यान्वयन गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउन र कुन अधिकारीको कति जिम्मेवारी छ, त्यसको आधारमा हानि नोक्सानी असुल गर्न समेत भनेको छ ।

एक मेगावाट जलविद्युत उत्पादनका लागि १५ करोड रुपैयाँ खर्च लाग्ने गरेकोमा सो आयोजनाको लागत प्रतिमेगावाट ५० करोड रुपैयाँ भन्दा माथि पुगिसकेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत प्रति मेगावाट नौ करोड रुपैयाँ मात्रै हुने र चमेलियाको लागत ५० करोड भन्दा माथि हुने र अझै बढ्ने सम्भावना पनि देखिएकाले यो आयोजनालाई बन्द गर्नुपर्ने सुझाव पनि उपसमितिको बैठकमा आएको छ ।

चमेलियामा भएको प्राय भेरिएसनमा ठेकेदारलाई भेरिएसन वापतको भुक्तीन शुरु भैसके पछि मात्र भेरिएसन अर्डर स्वीकृत भएको समितिले ठहर गरेको छ । सुरुमा ८ अर्व लागत रहेको आयोजनाको लागत १९ अर्व ६ करोड रुपैयाँ पुगिसकेको छ ।

२०६४ सालको माघ महिनामा सुरु भएको आयोजना २०६८ मा सहिनुपर्ने थियो । तर योजना अनुसार काम नभएपछी प्राधिकरणको सञ्चालक समितिले दुई पटक म्याद थप गरेको थियो । ९३ प्रतिशत काम सकिएको भन्दै १ बर्ष भित्र आयोजना पुरा हुने बताइएको छ ।

स्रोतका अनससार चमेलिया जलविद्युत आयोजनाको सम्बन्धमा गठित उपसमितिले अध्ययन गरेको प्रतिवेदन अनुसार कारवाही चलाउादा यसमा अख्तियार दुरुपयोग आयोगका आयुक्त लोकमान सिह कार्कीदेखि लिएर काँग्रेसका नेता गोविन्द राज जोशी, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, बलदेव शर्मा मजगैया, दीपक ज्ञवाली, सर्वेन्द्रनाथ शुक्ला, तुलसी गिरी र विद्युत प्राधिकरणका कर्मचारीलगायत व्यक्ति तथा संस्थाहरु तानिनेछ

 


  •  
  •  
  •