चमेलियाको वास्तविकता बाहिर ल्याउन उर्जामन्त्रिको आग्रह

173
  •  
  •  
  •  

radhaकाठमाडौ, २१ मंसिर(ओएनएस) : उर्जामन्त्री राधा ज्ञवालीले भ्रष्टाचार काण्डमा मुछिएको चमेलिया जलविद्युत आयोजनाको वास्तविकता बाहिर ल्याउनको लागि संसदीय समिति समक्ष अनुरोध गरेकी छिन् ।

आइतबार व्यवस्थापीकाको संसदको अन्तर्राष्ट्रिय तथा श्रम समितिको बैठकमा भाग लिदै ज्ञवालीले चमेलियाको लागत र निर्माण सकिने मिति बढेपनि काम ९४ प्रतिशत सकिएको बताइन् । ज्ञवालीका अनुसार चमेलियाको लागत प्रतिमेष्गावट ५० करोड रुपैया भन्दा बढि हुने जनाईन् ।

अन्तिम चरणमा पुगेकोले चमेलियाको निर्माण प्रक्रिया बढाउनु पर्ने पनि उनको धारणा थियो । समितिले बिभिन्न मुलुकसँग भएका उर्जा सम्झौता तथा कार्यान्वयनको स्थिति बारे छलफलको लागि ज्ञावालीलाई बोलाएको थियो ।

उनले ऊर्जा मन्त्रालयले मुलुकको राष्ट्रिय आवश्यकता कति छ र कति आयोजनाबाट विद्युत विदेशनिकासी गर्न सकिन्छ भनेर मन्त्रालयले अध्ययन गरिरहेको बताइन् ।


  •  
  •  
  •